बाँकेमा मंगलवार आठ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २३ कार्तिक २०७८, मंगलवार १६:५०
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा ६२ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्ज भेरी अस्पतालमा २७ नमुना परीक्षण गर्दा ६ र मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । बागेश्वरी ल्यावमा १२ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।


मंगलवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ४ सय २४ पुगेको छ ।

यस्तै मंगलवार थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ५६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छठ पर्वअन्तर्गत बुधवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिईंदै

२३ कार्तिक २०७८, मंगलवार १६:५०
नेपालगञ्ज : छठ पर्वको मुख्य दिन बुधवार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी […]