एमालेको शनिवार वडाअधिवेशन

सदरलाइन संवाददाता ५ कार्तिक २०७८, शुक्रबार १४:३७
 

नेपालगञ्ज : नेकपा एमालेले शनिवार वडा अधिवेशन गर्दैछ । देशभरी नै वडा अधिवेशन गर्ने कार्यतालिका अनुसार बाँकेमा पनि वडा अधिवेशन हुने भएको हो । बाढी प्रभावित जिल्लामा भने अधिवेशन हुने छैन् ।

नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जिल्लाका ८१ वटै वडामा अधिवेशन हुने जानकारी दिए । वडा अधिवेशनबाट चार वर्षीय कार्यकालका लागि नेतृत्व छनौट हुनेछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको उनको भनाइ छ ।


अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले आंकाक्षीहरु नेताहरुसँगको लविङमा छन् । कतिपयले कार्यकर्तासँग भेटघाटलाई व्यस्त तुल्याएका छन् । वडाअधिवेशन सकेपछि यही ९ गते पालिका अधिवेशन हुने छ ।

बाँकेमा एमालेका ८ हजार सदस्य छन् । एमालेले आगामी मंसिरमा पार्टीको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वर्षातले बाँकेमा साठी प्रतिशत धानबालीमा क्षति

५ कार्तिक २०७८, शुक्रबार १४:३७
नेपालगञ्ज : बेमौसमी बर्षातका कारण बाँकेमा ६० प्रतिशत धानबालीमा क्षति पुगेको छ । बर्षातले काटेर खेतमा रहेको ६० प्रतिशत धानमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए । उनले काटेर खेतमा रहेको ६० प्रतिशत र हावाहुरीले नकाटेको २० प्रतिशत धानमा क्षति पुर्याएको बताए […]