बाँकेमा बुधवार १५ जनामा कोरोना संक्रमण पुष्टि

सदरलाइन संवाददाता ३ कार्तिक २०७८, बुधबार १५:४६
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११८ नमुना परीक्षण गर्दा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६६ नमुना परीक्षण गर्दा १० जना र मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा ५ जना संक्रमण पुष्टि भएको छ ।


बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३५० पुगेको छ ।

यस्तै बुधवार थप १० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९६३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एकको मृत्यु

३ कार्तिक २०७८, बुधबार १५:४६
नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका–१० बाँकेका ३६ वर्षीय परुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए । असोज २४ गते कोभिड संक्रमण पुष्टि भएपछि उनी सोहीदिन थप उपचारका लागि भेरी अस्पतालको […]