नेपालगञ्जका कोरोना संक्रमित मृतकको अन्तेष्टि

सदरलाइन संवाददाता ९ आश्विन २०७७, शुक्रबार १८:०२
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको धार्मिक परम्पराअनुसार शुक्रवार अन्तेष्टि गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का ५२ वर्षीय ति पुरुषको शवलाई नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गर्दै सदगद गरेकोे हो ।

नेपालगञ्ज एकलैनीका ति पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रवार बिहान २ बजेर २५ मिनेटमा मृत्यु भएको थियो ।


मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज ५ गते राती ११ बजे उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको र कोरोनाको आशंकामा ६ गते बिहान पिसिआर जाँचकालागि स्वाब संकलन गरिएको थियो ।

सोहिदिन दिउँसो आएको कोरोना परिक्षणको नतिजामा उनलाई पोजेटिभ देखिएको र उपचारकै क्रममा शुक्रवार बिहान २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको स्वास्थ्य कार्यालयद्वारा जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।

Next Post

बाँकेमा शुक्रवार राती थपिए १४ संक्रमित

९ आश्विन २०७७, शुक्रबार १८:०२
नेपालगञ्ज : बाँकेका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार राती आएको रिपोर्टअनुसार भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा ४ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको परीक्षणमा ५ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परीक्षणमा ५ गरी बाँकेका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि […]