अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै

सदरलाइन संवाददाता ३१ आश्विन २०७८, आईतवार १२:४१
 

नेपालगञ्ज : आज (आइतवार) अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक बर्ष अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवस मनाउनुको मुख्य उद्देश्य चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्नु रहेको छ । संयुक्त राष्ट्र संघले सन् २०३० सम्म विश्वबाट सबैखाले गरीबीको अन्त्य गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार दिगो विकासका लक्ष्यहरु निर्धारण गरी गरिबी निवारणका कामहरु भइरहेका छन् ।


नेपालमा पछिल्लो दुई दशकदेखि गरिबी निवारणलाई विकास प्रयासको प्राथमिकतामा राखी कार्यक्रमहरु सञ्चालन गरिएको छ । दशौं योजनादेखि गरिबीलाई आय गरिबी, मानवीय गरिबी, सामाजिक बञ्चितीकरण गरी तीन आयाममा विभाजन गरिएको छ । दिगो विकासको लक्ष्यले सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा ५ वर्ष वितिसक्दा पनि दुई किलोमिटर कालोपत्रे भएन

३१ आश्विन २०७८, आईतवार १२:४१
खजुरा (बाँके) : बाँकेको खजुरा बजारको दुई किलोमिटर सडक विस्तार र कालोपत्रे गर्ने कार्य ५ वर्षमा पनि पुरा हुनसकेको छैन । ३ वर्षमा दुई किलोमिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने भन्दै २०७४ चैतमा निर्माण कम्पनी गजुरमुखी निर्माण सेवाले सम्झौता गरेकोमा सम्झौता गरेको ५ वर्ष बिते पनि सडक निर्माण अझै अलपत्र छ […]