नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ ले डाक्टरसहित संक्रमितको घरमा पुगेर सेवा दिइरहेको छ । १३ नम्बर वडाका अध्यक्ष बिरेन्द्र शाह लगायत जनप्रतिनिधि डाक्टर पारस श्रेष्ठसहित वडामा संक्रमित हुन पुगेकाहरुको घरमा पुगेर स्वास्थ्य परामर्श दिँदै आएको हो ।
कोरोनाको ईपिसेन्टर बनेको नेपालगञ्ज उपमहानगरपालिकामा यतिबेला जनप्रतिनिधि चिकित्सक सहितको सेवा लिएर संक्रमितको घर घरमा पुग्न थालेका हुन । संक्रमित भएका व्यक्तिहरुको घर घरमै पुगेर चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय उदयपुरका हेल्थ असिस्टेन्ट राजबिर बर्नवालले बताए ।
डा. श्रेष्ठसहितको टोलीले संक्रमितलाई आवश्यक स्वास्थ्य परामर्श तथा आवश्यक औषधि समेत सिफारिस गर्ने गरेको छ ।
कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालहरुमा उपचार पाउन केही असहज बनेपछि नेपालगञ्जका वडाहरुले डाक्टरसहितको सवास्थ्य परामर्शलाई घरघरमै पुर्याउन थालेका हुन् ।
नेपालगञ्जको वडा नं १, वडा नं १८ र वडा नं १३ ले हालसम्म डाक्टरसहित घरमा पुगिरहेको देखिएको छ । अन्य वडाहरुमा रहेका कवडा स्तरी फोकल पर्सनले आवश्यक स्वास्थ्य परामर्श दिइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।