बाँकेमा १७ संक्रमित थपिए, ६ जना डिस्चार्ज

सदरलाइन संवाददाता २३ आश्विन २०७८, शनिबार १४:२४
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६९ नमुना परीक्षण गर्दा थप १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३७ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्याबमा शनिवार परीक्षण गरिएको छैन ।


शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३०१ पुगेको छ ।

यस्तै शनिवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८८३ पुगेको छ । बाँकेमा कोरोना संक्रमित ९ जना सिकिस्त विरामी छन् भने २७ जना मध्यम विरामी छन् । यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनले जित्यो ईपीएलको उपाधि

२३ आश्विन २०७८, शनिबार १४:२४
काठमाण्डौ : चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ । उपविजेता बनेको […]

सम्बन्धित