नेपालगञ्ज : बाँकेका विभिन्न आईशोलेशनबाट १५ पुरुष र ५ महिला गरी शुक्रबार २० जना कोरोना संक्रमण मुक्त डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल चिसापानी आइसोलेसन र गनापुरस्थित खुला कारागारबाट ६/६ जना, खजुराको क्यान्सर अस्पताल र न्यू इन्द्रेणी होटलबाट ३/३ जना र भेरी अस्पतालको आइसोलेसनबाट २ जना डिस्चार्ज भएका हुन् ।
बाँकेमा हालसम्म एक हजार एक सय ३९ जना संक्रमित रहेकोमा कोरोना निको भएर ८ सय ३ जना डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनमा उपचार गराइरहेकाहरु ३ सय ३० जना संक्रमित रहेका छन् । बाँकेमा कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन् ।