कम्प्युटर एशोसिएशन बाँकेको साधारणसभा सम्पन्न

सदरलाइन संवाददाता १६ आश्विन २०७८, शनिबार १५:२५
 

नेपालगञ्ज : कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाँके शाखा १३ औं बार्षिक साधारणसभा शनिवार नेपालगञ्जमा सम्पन्न भएको छ ।

एशोसिएशनका कार्यबाहक अध्यक्ष शिशिर नारायण श्रेष्ठको साभापतित्वमा भएको साधरण सभामा दुई आर्थिक वर्षको आर्थिक तथा प्रगति विवरण पेश गरिएको एशोसिएशनका सचिव दीपक खड्काले जानकारी दिए ।


कोरोना माहामारीका कारण एशोसिएशनको वार्षिक साधारणसभा हुन नसके पनि अन्य गतिविधि भने नियमित भएको सचिव खड्काले जानकारी दिए । साधारणसभालाई सम्बोधन गर्दै क्यानका केन्द्रीय उपाध्यक्ष रेशम गिरीले कोरोना माहामारिका कारण कम्प्युटर ब्यबसायी पनि प्रभावित भएको बताए । उनले प्रबिधिको बिकासमा कम्प्युटर व्यावसायीले महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य क्षेत्रमा डुडुवा गाउँपालिका उत्कृष्ट

१६ आश्विन २०७८, शनिबार १५:२५
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवाअन्तर्गतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको पाइएको छ । डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबै भन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए । उनका अनुसार मूल्याकनका क्रममा पालिकाले स्वास्थ्य […]