प्रेस स्वतन्त्रता सेनानी स्व. वैश्यको स्मृतिमा कार्यक्रम गरिने

सदरलाइन संवाददाता ८ आश्विन २०७८, शुक्रबार १५:४०
 

नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान नेपालगञ्ज–७ ले शनिबार बिहान १० बजे भेला कार्यक्रमको आयोजना गर्ने भएको छ ।

प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान केही वर्ष अघि विधिवत दर्ता भई विभिन्न सामाजिक सेवा कार्य गर्दै आएको छ । यस प्रतिष्ठानको अध्यक्ष समाजसेवी नन्दलाल वैश्य रहेका छन् । अहिलेसम्म प्रतिष्ठानले विभिन्न रचनात्मक कार्य नियमित रुपमा गर्दै आएको छ ।

प्रतिष्ठानको स्थापनाको लागि स्व. श्रीरामगोपाल वैश्यको छोरा अजयकुमार गुप्ताले आफ्नो बुवाको स्मृतिको लागि १ लाखभन्दा बढी रकम अक्षय कोष स्वरुप प्रतिष्ठानलाई उपलब्ध गराएका थिए ।


तर वर्तमान समयमा उक्त रकम अध्यक्ष नन्दलाल वैश्य र शैलेन्द्रकुमार वैश्यको नाममा संयुक्त बचत खाता एनआईसी एसिया बैंकमा जमा रहेको छ ।

सो रकम प्रतिष्ठानको नाममा राख्ने उद्देश्यले भेला गर्न लागिएको बुझिएको छ । भेलाबाट अगामी नेतृत्वको चयन हुने अनुमान गरि प्रतिष्ठानको कार्यक्रम अझ तिब्र पारिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिल्लीको अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

८ आश्विन २०७८, शुक्रबार १५:४०
काठमाण्डौ : भारतका चर्चित ग्याङ्गस्टार जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको छ । गोली लागेर ग्याङ्गस्टार गोगीको मृत्यु भएको छ भने क्रस फायरिङ्गमा दुई आक्रमणकारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारीले वकिलको भेषमा आएका थिए । घटनामा एक महिला वकिलसहित तीन जना […]