सदरलाइनडटकम,
दाङ : जिल्ला प्रहरी कार्यालय दाङले तीन किलोग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ । रोल्पाको थबाङ गाउँपालिका २ निबासी हाल घोराही ३ गोग्लीमा डेरा गरी बस्ने २२ बर्षीया नबीना रोका घर्तीलाई तीन किलो तीन सय ग्राम अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले नबीनालाई घोराही १४ मा रहेको बिरमाया पुनको डेराबाट पक्राउ गरेको प्रबक्ता प्रहरी नयाब उपरीक्षक बिनोदबिक्रम शाहले जानकारी दिए ।
