उम्मेदवारले मतदाता शिक्षासंगै नमूना मतपत्र बोकेर प्रचारमा जान सुझाव

१५ जेष्ठ २०७४, सोमबार १९:४३
 

सदरलाइनडटकम  
१५ जेठ, नेपालगन्ज : मतपत्रका कारण मतदाताले आफुले मतदान गर्दा ठूलो संख्यामा मतपत्र बदर हुने भएकोले आयोग, राजनीतिक दल तथा उम्मेदवार स्वयमले मतदातालाई मत हाल्ने र आफुले हालेको मत सुरक्षित गर्ने तरिका सिकाउन आवश्यक नेपालगन्जमा आयोजित एक कार्यक्रममा सुझाव आएको छ ।
बाँकेका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश तेज नारायण पौडेलले उम्मेदवार आफैले आफ्नो मतको सुरक्षा गर्नको लागि मत माग्न जाँदा मतदातालाई मत हाल्ने तरिका सिकाउन आवश्यक रहेको बताए ।
क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जले सोमबार नेपालगन्जमा आयोजना गरेको राजनीतिक दल तथा सरोकारवालाहरु संगको अन्तरक्रियामा बोल्दै मुख्य निर्वाचन अधिकृत पौडेलले भने–‘ तपाईहरु निर्वाचनमा आफुलाई मत माग्न जाँदा आफ्नो मतको समेत सुरक्षा गर्नु होला ।’ उनले मतदातालाई मत जाहेर गर्ने तरिका सिकाउन नसक्दा खसेको मत बदर हँुदा जित्ने उम्मेदवार हार्ने र हार्ने उम्मेदवार जित्ने हुँदा मतदाता शिक्षालाई प्रचार अभियानसंगै लैजान समेत सुझाव दिए ।
उनले निर्वाचनलाई स्वच्छ र पारदिर्शता बनाउने तत्व आचारसंहिता नै प्रमुख वस्तु भएकोले आचारसंहिता पालना गर्दै निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबै राजनीतिक दललाई सहयोग गर्न आग्रह गरे । नमुना मतपत्र देखाउदै उनले मत जाहेर गर्ने तरिका समेत कार्यक्रममा उपस्थित राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई उनले सो अवसरमा सिकाएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन व्यवस्थापन कार्यान्वयन समिति संयोजक रबिलाल पन्थले बाँकेमा हुने निर्वाचनमा सबैको सहभागिता रहने गरी तयारी गरीएको जानकारी दिए । उनले सबै मतदान केन्द्रलाई सुरक्षाको दृष्टिले सजग बनाईएको र आवश्यक परेको १० मिनेटमै सुरक्षा निकाय घटनास्थलमा पुग्ने गरी व्यवस्थापन गरीएको बताए ।
बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले मतदाता शिक्षालाई आम मतदाताको घर–घरमा पु¥याउनको लागि मतदाता शिक्षाको कार्यक्रम लिएर मतदाता सहजकर्ताहरु खटेको भए पनि राजनीतिक दलले पनि सहयोग गर्दा मत सुरक्षित हुने बताए ।
क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले आयोगले मतदाता शिक्षाको लागि विभिन्न चरणको मतदाता साक्षरता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनले भने–‘आयोगले मतदाता शिक्षा संगै नमूना मतदानको कार्यक्रम समेत गर्दै आएको छ । मत हाल्ने तरिका, मतपत्र पटाउने तरिका सबै सिकाईने भएकोले मत बदर हुने अत्यन्तै झिनो आशंका रहेको छ ।’ उनले आयोगले थारु, अवधी, उर्दू लगायतका भाषामा समेत मतदाता शिक्षाका समाग्री तयार गरेर मतदाता शिक्षाको लागि अभियानकर्ताहरु कार्य क्षेत्रमा लागेको जानकारी दिए ।
यसैबीच आयोगले नेपालगन्जमा राजनीतिकदलका कार्यकर्ताहरुलाई मतदाता शिक्षा अनुशिक्षण पछि गराईएको नमूना मतदानमा ३ म तबदर भएको छ । क्षेत्रीय निर्बाचन अधिकारी बसन्तराजले दिएको जानकारी अनुसार खसेको ४८ मतमा ३ मत बदर भएको हो । यसैगरी बाँकेका नरैनापुर गाउपालिकाको नरैनापुरमा गरिएको नमूना मतदानमा खसेको ६० मतमा १ मत बदर भएको र यसैगरी खजुरा गाउपालिकाको उढरापुरमा गरिएको नमुना मतदानमा ४७ मत खसेकोमा ३ मत बदर भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजपाका स्थानीय नेता मतदानमा भए सहभागी

१५ जेष्ठ २०७४, सोमबार १९:४३
सदरलाइनडटकम   १५ जेठ, नेपालगन्ज : स्थानीय तहको निर्वाचन बहिष्कार गर्नेदेखि विथाल्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राजपाका स्थानीय नेताहरुले भने निर्वाचन आयोगले आईतबार आयोजना गरेको नमूना मतदानमा भने भाग लिएका छन् । निर्वाचन आयोगले नेपालगन्जमा सोमबार आयोजना गरेको मतदाता शिक्षा अनुक्षणपछिको नमुना मतदानमा निर्वाचनमा सहभागी भएर उनीहरुले मतदान मात्र गरेनन् […]