ग्राण्डी अस्पतालले मोटोपन (ओबिसिटी) बिशेष क्लिनिक संचालन गर्दै

१९ बैशाख २०७५, बुधबार १२:५६
 

सदरलाइनडटकम 
१९ बैशाख, काठमाण्डौ : मोटोपनका कारण दुःखी हुनेहरुका लागि खुसिको खवर छ । मोटोपन निवारणको लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यसै मे महिनाबाट मोटोपन बिशेष क्लिनिक अर्थात ओबिसिटी क्लिनिक संचालन गर्दैछ ।
अस्पताल प्रशासनले दिएको जानकारी अनुसार आगामी नौ तारेखदेखि शुरु गरिन लागेको यो ओबिसिटी क्लिनिक शुरुमा बुधबार र शुक्रबार गरी साताको दुइदिन संचालन गरिने बताईएको छ ।
प्लाष्टिक तथा रिकन्सट्रक्टिभ सर्जरीको नयाँ ओपिडिमा संचालन हुने क्लिनिकमा बिहान १० बजेदेखिी अपरान्ह १ बजेसम्म निःशुल्क परामर्श सेवा उपलब्ध हुनेछ ।
साथमा अस्पतालले मोटोपन भएकाहरुका लागि मूल्य अभिबृद्धि कर सहित मात्र पाँचहजार रुपैंयामा चेक जाँचको लागि ओबिसिटी प्याकेज समेत ल्याएको छ ।
जस अन्तर्गत सिबिसी, युरिन रुटिन, फास्टिङ ग्लुकोज, एचबिएवनसी, सिजिओटीरसिजिपिटी, लिपिड प्रोफाइल, टिएसएच, इसिजी, युएसजी, बिएमआइ, बिशेषज्ञसँगको परामर्श, इन्डोक्राइनोलोजी कन्सल्टेसन तथा डाएबेटोलोजी कन्सल्टेसन लगायतको सेवा उपलब्ध हुनेछ ।
थप जानकारी तथा बुकिङ्गका लागिस् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको कल सेन्टरको फोन नम्बर ०१–५१५९२६६ एक्सटेन्सन नम्बर : १०१४४ अथवा मोबाइल नम्बर ९८०१२०२५५० मा सम्पर्क गर्न सकिने अस्पताले जनाएको छ ।

Next Post

नरैनापुरको जमुनीमा आगलागी, १६ घर जलेर नष्ट

१९ बैशाख २०७५, बुधबार १२:५६
सदरलाइनडटकम १९ बैशाख, नेपालगन्ज :  बाँकेको नरैनापुर गाउँपालिकामा आगलागी भएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित जमुनी गाउँमा बुधवार मध्यान्हतिर भएको आगलागीबाट १६ वटा घर जलेर नष्ट भएका छन् । १३ वटा घर पूर्णरुपमा र ३ घर आंशिक रुपमा जलेका ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरिक्षक राम […]

सम्बन्धित