वीरगञ्ज आइपुग्यो पहिलो निजी मालवाहक रेल

सदरलाइन संवाददाता ३० भाद्र २०७८, बुधबार १३:४१
 

काठमाण्डौ : नेपाल–भारत रेल सेवा शुरुवातको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको मालवाहक रेल बुधबार नेपाल आइपुगेको छ ।

हिम्ड टर्मिनल प्रालिको एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।


२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालमा सेवा दिँदै आएको थियो । रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो ।

निजी क्षेत्रको रेलले सेवा दिन पाउने गरी भएको सम्झौताको २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रक भित्रै बालिका बलात्कार गर्ने चालक र सह–चालक पक्राउ

३० भाद्र २०७८, बुधबार १३:४१
काठमाण्डौ : १३ वर्षीया बालिकालाई ट्रकभित्रै जबरजस्ती करणी गर्ने चालक र सह–चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला हल्दीबारी गाउपालिका–५ बस्ने ३२ वर्षिय चालक हर्क बहादुर विश्वकर्मा र सह–चालक मोरङ जिल्ला उर्लाबारी नगरपालिका–१ बस्ने बर्ष १८ का निदिप धिमाल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि […]