बाँके युनेस्कोद्वारा तीन महिने मोबाइल र एसी फ्रिज मर्मत तालिम सञ्चालन

सदरलाइन संवाददाता २९ पुष २०७९, शुक्रबार १५:५२
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले विपन्न बेरोजगार युवाका लागि मोबाइल र एसी तथा फ्रिज मर्मत तीन महिने तालिम नेपालगञ्जमा सञ्चालन गरेको छ ।

कतार च्यारिटिको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत सो तीन महिने तालिम शुरु गरिएको हो ।

नेपालगञ्जका ७ र जानकी गाउँपालिकाका १ गरेर ८ जना विपन्न बेरोजगार युवालाई मोबाईल र एसी तथा फ्रिज मर्मत सिकाएर उनिहरुलाई स्वरोजगार बनाई जिविकोपार्जनमा सहयोग पुरयाउने उदेश्यले सो तालिम शुरु गरिएको तालिमको उदघाटन गर्दै कतार च्यारिटि नेपालका डेपुटि डायरेक्टर ईर्शाद शेषले बताए ।

उनले तालिमका सहभागिलाई राम्ररी मन लगाएर तालिम लिएर आफ्नो आर्थिक अवस्था सुधार गर्ने अवसरका रुपमा यस तालिमलाई लिन आग्रह गरे ।


तालिम उदघाटनको अवसरमा कतार च्यारिटिका कार्यक्रम संयोजक जाहिद खान, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कोषाध्यक्ष फिरदोस जहाँ, कार्यक्रम संयोजक गुलाम गौस, फिल्ड सुपरवाइजर विशेष गुप्ता लगायतको पनि उपस्थिति रहको थियो ।

सो अवसरमा कतार च्यारिटि नेपालका डेपुटि डायरेक्टर ईर्शाद शेष लगायत बाँके युनेस्को क्लबको टोलीले तालिमका सहभागिहरुसंग कार्यक्रम र तालिम बारे अन्तरक्रिया र छलफल समेत गरेको थियो ।

मोबाइल मर्मत तालिममा ४ जना र एसी फ्रिज तालिममा ४ जनाको सहभागिता रहेको क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरजातीय विवाह गर्नेलाई एक लाख दिइने

२९ पुष २०७९, शुक्रबार १५:५२
मुगु : छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप रु एक लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप रु एक लाख उपलब्ध गराउने भएको हो । दलित छुवाछूत अन्त्य र उनीहरूको हक […]