भारतीय प्रधानमन्त्री मोदी एक्कासी बाँकेको खजुरा पुगेपछि…

१२ माघ २०७३, बुधबार १४:००
 

सदरलाइनडटकम  
१२ माघ, नेपालगन्ज : गत माघ १० गतेदेखि बाँकेको खजुरामा जारी महोत्सवको तेस्रोदिन बुधबार भारतीय प्रधानमन्त्री मोदिको भुमिकामा हाँस्य कलाकार मनोज गजुरेल मञ्चमा उक्लिदा उपस्थित दर्शक अचम्ममा परे ।
दुरुस्तै देखिने मोदिको भेषमा उनले साथैमा त्यहाँ रहेका पत्रकार, दर्शकको व्यङ्गगात्मक तरीकाले सवाल जवाफ गरे । गजुरेलले उपस्थित दर्शकलाई पेट मिचिमिचि हसाए । गजुरेलको प्रस्तुति हेर्नका लागि दर्शकहरुको बाक्लो उपस्थिति थियो । त्यस्तै मोडल पार्वति राई र शंकर विसीले पनि संयुक्त रुपमा आफ्नो प्रस्तुति राखेका थिए । त्यस्तै, मोडल आरुसी मगरले पनि नृत्य प्रस्तुत गरेका थिए ।
महोत्सवमा कृषि उपजहरुको अवलोकन, सांस्कृतिक कार्यक्रमद्धारा मनोरन्जन र ¥याप्टिङको पनि व्यवस्था गरीएको छ । महोत्सव यहि माघ २१ ग्तेसम्म चल्ने छ । कलाकार हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सोमबारदेखि बाँकेको खजुरामा सञ्चालन भएको कृषि, पर्यटन प्रवद्र्धन साँस्कृतिक एवं ऐतिहासिक चल्दै खजुरामा महोत्सव धार्मिक मुसवेटवा बाबा प्रथम व्यापारिक महोत्सवमा बुधबार गजुरेल सगै कलाकार शंकर विसी, पार्वति राई, आरुसी मगर लगाएत स्थानिय कलाकारले आफ्नो प्रस्तुति दिएका छन ।

बिहीबार ज्योती मगरको प्रस्तुती

महोत्सबको साँस्कृतिक आर्कषक दोहोरी भएकोले प्रत्येक दिन दोहोरीको घम्साघम्सी रहेको प्रचार प्रसार संयोजक तिलक क्षेत्री (गाउँले) ले जनाए । विहिबार लोक दोहोरी गायिका ज्योति मगर, हास्य कलाकार कमल गाउँले र मोडल श्रीष्टी शाहिको प्रस्तुती रहने गाउँलेले जानकारी दिए ।
पहिलो चरणको आइडियल डान्स प्रस्तुतिमा बुधबार १९ जनाले आफ्नो सहभागिता जनाएकोमा १२ जना दोस्रो राउण्डको लागि छनोट भएका छन । विहिबार पहिलो चरनको अन्तीम ६ जनाको प्रस्तुती रहने आयोजकले जनाएको छ । २ बिगाहमा रहेको तलाउमा सञ्चालित बोटिङ्ग र कृषि प्रदशनि पनि मेलाको आकर्षक बनेको आयोजक आधुनिक युवा सञ्जालका अध्यक्ष तिलक वीर सुनारले जानकारी दिए ।
महोत्सवमा बाल उद्यान, एकल नृत्य प्रतियोगिता, लोक दोहोरी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति, महोत्सवको मुख्य आर्कषण रहेको छ । महोत्सबमा नेवारी, थारु परिकारले पनि दर्शकहरुलाई लोभ्याएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ads

१२ माघ २०७३, बुधबार १४:००