डल्फिनको संख्या बृद्धि हुँदै

सदरलाइन संवाददाता २२ भाद्र २०७८, मंगलवार १७:१६
 


कैलाली : डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले गरेको गणनाले विगतको तुलनामा डल्फिनको संख्यामा वृद्धि भएको पाईएको छ । संस्थाका अनुसार यसवर्ष १५ वटा बच्चा सहित ७० डल्फिन गणना गरिएको हो ।

संस्थाका अध्यक्ष भोजराज ढुंगानाले १३ वटा स्थानमा ३५ जनाले एकसाथ डल्फिन गणना गरेको जानकारी दिए । संस्थाले भदौ १८ र १९ गते गणना गरेको थियो । उनका अनुसार सबैभन्दा धेरै डल्फिन मोहना–पथरैया दोभान, काँडा–पथरैया दोभान, पथरैया–गैरीनाला दोभानमा देखिएका छन । एकै पटक १५ वटासम्म डल्फिन देखिएको ढुंगानाले बताए ।

उनले यसअघि २०७३ र २०७५ मा समेत डल्फिनको आधिकारिक गणना भएको र २०७३ मा ६५ वटाको गणना भएकोमा २०७५ मा ५५ मात्रै गणना भएको जानकारी दिए ।


मान्छे पछिको चेतनशील प्राणीका रुपमा मानिएको डल्फिन वर्षायाममा बच्चा हुर्काउन कैलालीको दक्षिणी क्षेत्रमा आउने गर्छ । डल्फिन गणनामा नेपाल जैविक विविधता समाजले प्राविधिक सहयोग गरेको थियो ।

यहाँ ग्याँगेटिक जातको डल्फिन पाईन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाईन्छ । यो माशांहारी प्राणी हो । यसले मुख्य आहारका रुपमा माछा, घोँगी लगायत खान्छ । यसले बच्चा जन्माउँछ । वर्षमा एक वा एकै पटक दुई वटासम्म बच्चा जन्माउने गरेको अनुसन्धानले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केपी ओलीको आरोप : माधव नेपाल कुहिएका फर्सी हुन्

२२ भाद्र २०७८, मंगलवार १७:१६
पोखरा : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता लगाएर एमाले सिध्याउने खेल भएको बताएका छन् । ‘पार्टी विरोधी क्रियाकलाप हाम्रै पार्टीबाट भयो । बहुत दुःखको कुरा हो यो । हाम्रो पार्टीभन्दा बाहिरबाट मात्रै त्यो सम्भव थिएन,’ उनले भने, ‘हाम्रै पार्टीभित्र घुसपैठ गरे । हाम्रै पार्टीभित्रका हरिया साँपहरुलाई प्रयोग […]