कोरोनाविरुद्धको अभियानमा पूर्वमन्त्री राई

११ चैत्र २०७६, मंगलवार १४:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले अभियान सञ्चालन गरेका छन । बाँके क्षेत्र नं. २ का सांसदसमेत रहेका राइले आफ्नै पहलमा औषधि छर्ने अभियान सञ्चालन गरेका हुन् ।
उनले मंगलवार नेपालगञ्जको जमुनाह नाका क्षेत्रमा किटनाशक औषधि छर्केर अभियानको शुरुवात गरेका हुन् । राष्ट्रिय संकटको घडिमा हरेक जनप्रतिनिधिले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउँदै पूर्वमन्त्री राइले आफ्नो ब्यक्तिगत लगानीमा ८ ट्याङ्कर औषधि छर्ने अभियान शुरु गरेको बताए ।
नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियानअन्तर्गत उनी आफै औषधि छर्ने काममा जुटेका हुन् । विश्वव्यापी आतंक मच्चाइरहेको कोरोना कोभिड १९ नियन्त्रण बाहिर छ । विश्वभरी अहिलेसम्म १६ हजार बढीको मृत्यु भई इसकेको छ भने पाँच लाख बढी संक्रमित छन् ।
सरकारले कोरानाविरुद्ध मंगलवारदेखि देशलाई लकडाउन गरेको छ । यस्तो अवस्थामा सरकारको निर्णयलाई हरेक नेपालीले साथ दिनु पर्ने राइले बताएका छन् ।


Next Post

जहाज नउडेपछि सुत्केरी र बृद्धबृद्धा अलपत्र

११ चैत्र २०७६, मंगलवार १४:१९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेबाट घर हिँडेका डोल्पाबासी नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् । सरकारले मंगलवारदेखि देशभर ‘लकडाउन’ गरेपछि वृद्धवृद्धा, सुत्केरी, विद्यार्थी र सर्वसाधारण विमानस्थलमै रोकिएका हुन् । डोल्पाका लागि मंगलवार उडान तालिका रहेको जहाज नउडेपछि टिकट लिएका करीब ५० जना नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । टिकट लिएर पनि जहाज […]