नेपालले पायो १ सय ३५ रनको लक्ष्य

सदरलाइन संवाददाता २२ भाद्र २०७८, मंगलवार १४:३१
 

काठमाण्डौ : पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले एक सय ३५ रनको लक्ष्य पाएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।


नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । यी दुईबीचको अर्काे खेल भदौ २५ गते स्थानीय समयअनुसार दिउँसो साढे दुई बजे हुनेछ ।

यो शृङ्खलापछि नेपाल, अमेरिका र ओमनबीच विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निजामति सेवा दिवसका अवसरमा ५४ जनाले गरे रक्तदान

२२ भाद्र २०७८, मंगलवार १४:३१
नेपालगञ्ज : निजामती सेवा दिवस–२०७८ बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा मंगलबार रक्तदान कार्याक्रमको आयोजना गरिएका थियो । कर्मचारी मिलनकेन्द्र बाँकेका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामचन्द्र शर्माले मंगलबार जिल्ला प्रशाशन कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५४ जना […]