महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक मिश्र सम्मानित

सदरलाइन संवाददाता ८ माघ २०८०, सोमबार १५:१८
 

नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज तथा ब्राईटल्याण्ड कलेजका व्यवस्थापन बिषयको प्राध्यापक सुभाष चन्द्र मिश्र सम्मानित भएका छन् ।

नेपाल राष्ट्रिय प्रध्यापक संगठन लुम्बिनी प्रदेशको प्रदेश सदस्य समेत रहेका उनलाई मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेका अध्यक्ष दिनेश ठाकुरले नेपाली टोपी र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।


प्राध्यापक मिश्र विभिन्न सामाजिक सेवामा सहयोग गर्दै आएका छन् । यसका लागि उनलाई विशेष आभार तथा धन्यवाद पनि प्रकट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ट्राफिक सचेतना अभियान सञ्चालन

८ माघ २०८०, सोमबार १५:१८
नेपालगञ्ज : बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गत नयाँ निर्माण भएको हुलाकी सडकमा सवारी दुर्घटना बढ्न थालेको छ । सो सडकमा दुर्घटना बढ्दै गएपछि सर्वसाधारणमा सचेतना फैलाउन ट्राफिक सचेतना अभियान सुरु गरिएको हो । राप्तीसोनारी गाउँपालिका, इलाका प्रहरी कार्यालय बैजापुर धामपुर र स्थानीय रेडियो भूवर भवानीको संयुक्त प्रयासमा ट्राफिक सचेतना अभियान […]