वडा सदस्यहरुले सेवा सुविधाको लागि नगरसभा चार घण्टा अबरुद्ध गरेपछि…

४ जेष्ठ २०७५, शुक्रबार २३:३५
 

सदरलाइनडटकम
४ जेठ, नेपालगन्ज : नेपालगन्ज उपमहनगरपालिकाको दोस्रो नगरसभामा वडासदस्यहरुले आफ्नो सेवा सुविधाको तय गर्न माग गर्दै झण्डै चार घण्टा अबरुद्ध भएर सम्पन्न भएको छ । शुक्रबार विहान ९ बजे सुरु भएको सो नगरसभामा वडा सदस्यहरुले आफ्नो सेवा सुविधाको विषयमा टुंगो नलाग्दासम्म बैठकमा सहभागि हुने तर, उपस्थिति नजनाउने भन्दै अडान लिए पछि आधा घण्टाको लागि स्थगित भएको बैठक चार घण्टा लम्बिएको थियो ।
नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरुको सेवा, सुविधा सम्वन्धमा ५ न. प्रदेशबाट विधेयक स्वीकृत भएको खण्डमा सोही बमोजिम हुने र पारित नभएको खण्डमा उपमहानगरपालिकाको आन्तरिक श्रोतबाट व्यवस्थापन गर्न नगरसभा सदस्यहरुको सेवा, सुविधा, मापदण्ड सम्वन्धि कार्यविधि तयार गरीने गरी कार्यदल निर्माण भएको छ ।
नगर उपप्रमुख उमा थापामगरको संयोजकत्वमा बरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल सदस्य सचिव रहने गरि ९ सदस्यीय समिति निर्माण गरिएको छ । समितिको प्रतिवेदनलाई जेठ मसान्तभित्र नगरकार्यपालिकाबाट निर्णय गराई कार्यान्वयन गर्ने समेत निर्णय गरिएको छ । समितिको सदस्यहरुमा वडा अध्यक्षहरु प्रमोद रिजाल, बुद्धिसागर सुवेदी, नगरकार्यपालिका सदस्य कौशल धोवी, वडा सदस्यहरु बसन्ता जोशी, धु्रव दाहाल, ओम प्रकाश चौहान र दिनेश पन्त रहेका छन् ।
समिति निर्माण भए लगत्तै करिव १५ मिनेट चलेको नगरसभामा तीन वटा विद्येयक स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र कृषि व्यवसाय प्रवद्धन विधेयक, २०७५ सहित अन्य ७ महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।

Next Post

अन्तरमावि मेयरकप सिनियरको उपाधि जीभीएनको पोल्टोमा

४ जेष्ठ २०७५, शुक्रबार २३:३५
सदरलाइनडटकम  ५ जेठ, नेपालगन्ज  : नेपालगन्जमा जारी पहिलो मेयरकप अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तरगत छात्र सिनियर तर्फको उपाधि जीभीएन कलेज नेपालगन्जले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा जीभीएनले जनज्योति माबि कोहलपुरलाई शून्यको बिरुद्ध ३ गोलले पराजित गर्दै उपाधी हात पारेको हो । उसका लागि बिशाल थापाले २ […]

सम्बन्धित

ताजा अपडेट