मदन भण्डारी राजमार्ग रेखाकंनबारे ज्ञापन पत्र

८ पुष २०७५, आईतवार १७:४४
 

सदरलाइनडटकम,
दाङ : मदन भण्डारी राजमार्गको रेखाङ्कनका लागि विभिन्न स्थानीय तहबीच भएका सहमतिवारे भौतिक योजना तथा निर्माण मन्त्री रघुविर महासेठलाई बुझाइएको छ । दाङका जनप्रतिनिधिहरुले ज्ञापन पत्र वुझाउँदै मन्त्रीलाई जानकारी गराएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिएका छन् ।
घोराहीदेखि ववई गाउँपालिका सम्मका लागि घोराही र तुलसीपर उपमहानगर सँगै शान्तिनगर र बबई गाउँपालिकाका विचमा मदन भण्डारी राजमार्ग रेखाङ्कनको सहमति भएको थियो । राजमार्ग रेखाङ्कनको ज्ञापन पत्र वुझ्दै मन्त्री महासेठले स्थानीय तहका विचमा भएको सहमति अनुसार नै सडक निर्माण कार्य अगाडि वढाइने प्रतिवद्धता समेत जनाएका थिए ।
सहमति अनुसार काम अगाडि वढे दाङ्गका दुई राजमार्गले सुर्खेतलाई छुनेछन् । यसका साथै मन्त्रीसँग भएको भेटमा राप्ती राजमार्गको विस्तार र स्तरोन्नतीका साथै निर्माणाधिन पुलहरुको समयमै निर्माण कार्यसम्पन्नका लागि पहल लिन आग्रह समेत गरिएको थियो ।
प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, राष्ट्रीय सभा सदस्य कोमल वली, घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरप्रमुख घनश्याम पाण्डेलगायतले संयुक्तरुपमा ज्ञापन बुझाएको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिए ।

Next Post

बाँकेको डुडुवामा अज्ञात रोगले बाख्रा धमाधम मर्दै किसान मर्कामा

८ पुष २०७५, आईतवार १७:४४
सदरलाइन / रुद्र सुवेदी, नेपालगञ्ज  :  स्थानीय तहमा रहेका विषयगत शाखा र जिल्ला कार्यालय बीचमा समन्वय अभावको कारण किसान मर्कामा पर्न थालेका छन् । यसको पछिल्लो उदाहरण हो बाँकेको डुडुवा गाउँपालिका पशु स्वास्थ्य शाखा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जबीच समन्वय नहुन् । बाँकेको डुडुवा गाउपालिका–.५ मा […]