महामारी नियन्त्रणका लागि नेपालगञ्जमा समिति गठन

सदरलाइन संवाददाता १२ माघ २०७८, बुधबार १६:३४
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले सम्भावित विभिन्न प्रकोप तथा महामारी जन्य रोग रोकथाम र नियन्त्रणका लागि तत्काल परिचालन हुने गरि टिम गठन गरेको छ ।

प्रमुख प्रशासकी अधिकृत गुरुदत्त सुवेदीको अध्यक्षतामा बुधबार बसेको नगरस्तरीय जनस्वास्थ्य आपतकालिन ब्यवस्थापन समितिको बैठकले सुवेदीको संयोजकत्वमा विभिन्न शाखाका प्रमुख सम्मिलित समिति गठन गरेको हो । बैठकले जन स्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतको संयोजकत्वमा रेपिड रेस्पोन्स टिमसमेत गठन गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जनस्वास्थ्य आपतकालिन ब्यवस्थापन समिति वडास्तरमा रहेका स्वास्थ्य केन्द्र सम्म गठन गरिने बताए । तत्काल कोभिड रोकथाम र नियन्त्रणमा जोड दिइएपनि यसले नियमित रुपमा अन्य समयमा पनि काम गर्ने चन्दको भनाई छ । सम्भाव्य प्रकोप र महामारी रोकथाम र नियन्त्रणका लागि समितिले योजनावद्ध रुपमा विभिन्न पूर्वतयारी समेत गर्ने छ ।


बैठकमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नेपालगञ्ज उपमहानगरपालिकाका पश्चिम नेपालकै अग्रणी शहर भएका कारण यसले प्रकोश तथा महामारी नियन्त्रणका लागि अन्य स्थानीय तहले अनुशरण गर्ने गरि योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कोभिड संक्रमणपछि घरमै आईसोलेसनमा बसेका ब्यक्तिहरुको स्वास्थ्य बारे दैनिक स्वास्थ्यकर्मीले फोनमार्फत जानकारी लिनुपर्ने बताउँदै उनले विपदमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैका लागि न्यूनतम सेवा सुविधा उपलब्ध गराउन उपमहानगरपालिका तयार रहेको बताए ।

नेपालगञ्जमा हाल ३४० जना सक्रिय संक्रमित रहेका छन् । ९३ प्रतिशतले कम्तिमा पहिलो खोप लगाएका छन् । खोप लगाउने लक्षित जनसंख्या एकलाख १७ हजार ३७७ मध्ये ७५ हजार ३५ जनाले पूर्णखोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एक महिलाको मृत्यु

१२ माघ २०७८, बुधबार १६:३४
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पचालझरना गाउँपालिका–१ कालिकोटकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई गएको माघ ९ गते कोहलपुर मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा कोभिड संक्रमण पुष्टि भएको थियो ।त्यसको भोलीपल्ट उनी भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी […]