बाँकेमा कक्षा १२ का विद्यार्थीलाई खोप दिइने

सदरलाइन संवाददाता ९ भाद्र २०७८, बुधबार १२:५०
 

नेपालगञ्ज : बाँकेमा कक्षा १२ का बिद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । यही भदौ ११ र १२ गते आठवटै पालिकामा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोप दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

उहाँका अनुसार, २०७७ सालमा एडमिट भएर परीक्षा दिनका लागि प्रवेश पत्र हातमा लिएका १८ वर्षमाथिकालाई मात्रै खोप दिइने छ । बाँकेमा ६ हजार १ सय ५८ जना विद्यार्थीलाई खोप दिने लक्ष्य लिएको शर्माले बताए ।


साउन ३१ गतेदेखि शुरु हुने भनिएको परीक्षा भाइरस संक्रमणको जोखिमकै कारण अर्को सूचना नभएसम्म स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालको अदालतमा न्यायमूर्तिको अभाव छ : हृदयेश त्रिपाठी

९ भाद्र २०७८, बुधबार १२:५०
नेपालगञ्ज : पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालका अदालतमा न्यायमुर्तिको अभाव देखिएको बताएका छन् । अवधी पत्रकार संघ नेपालले बुधवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शेर बहादुर देउवालाई सिधै प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशले त्यसको पुष्ट्याई गरेको जिकिर गरे । पूर्वमन्त्री त्रिपाठीले तराईमा देखिएको मधेशवादी दलको समस्या देशकै समस्या भएको बताए […]