साउनको पहिलो सोमबार : बागेश्वरी मन्दिरमा दर्शनार्थीको घुईंचो

सदरलाइन संवाददाता २ श्रावण २०७९, सोमबार १३:४२
 

नेपालगञ्ज : साउन महिनाको आज पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । नेपालगञ्जको बागेश्वरी लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो छ ।

अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि बागेश्वरी लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।


साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु भएको फेसन अहिले अरु समुदायका महिलाहरुमा समेत फैलिएको छ । यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ ।

केही वर्षयता साउन महिनामा विवाहित होस् या अविवाहित महिलाले हातमा हरियो, चुरा हत्केलामा र खुट्टामा मेहेन्दी लगाउने गरेका छन् । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय बढेको छ । संस्कृतिविद्हरुका अनुसार साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको वडा नं. ४ सरसफाई अभियानमा

२ श्रावण २०७९, सोमबार १३:४२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का सबै टोलहरुमा सरसफाई अभियान सुरु भएको छ । ञहाम्रो वडा राम्रो वडाझ भन्ने मुल नारासहित नेपालगञ्जको ४ न वडाका जनप्रतिनिधि, समाजसेवी, संघ संस्था र वडा प्रहरीको सहकार्यमा टोल–टोल सरसफाइमा जुटेको नेपालगञ्ज उपमहानगरपालिका वडा न.४ का वडा अध्यक्ष गोपाल पुनले बताए । आफ्नो […]

सम्बन्धित