रुकुम पूर्वका सबै आइसोलेसन खाली

सदरलाइन संवाददाता ५ भाद्र २०७८, शनिबार १४:३८
 

रुकुम : कोरोना संक्रमित बिरामीका लागि बनाइएका रुकुम पूर्वका आइसोलेसन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेसन र रुकुम पूर्व अस्पतालको आइसोलेसनका संक्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् ।

सिस्ने गाउँपालिकाले आइसोलेसन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहाँ कोभिड संक्रमितको हुँदै आएको छ । जिल्लास्थित सबै आइसोलेसनमा रहेका संक्रमित निको भई डिस्चार्ज भइसकेका र नयाँ संक्रमित भर्ना नभएकाले साउन ३२ गतेदेखि नै ती वार्ड खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गिरीले जानकारी दिए ।

पुथाउत्तरगंगा गाउँपलिकाको आइसोलेसन भने यसभन्दा अगााडि नै खाली भइसकेको थियो । अहिले जिल्लामा २५ सक्रिय संक्रमित रहेका र उनीहरू सबै होम आइसोलेससनमा छन् ।


उनका अनुसार कोरोनाको दोस्रो लहर शुरू भएयता हालसम्म ५४१ जनामा कोरोना पोजेटिभ देखिएकोमा ५१० निको भइसकेका र १३ जनाको मृत्यु भएको थियो । पछिल्लो समय जिल्लामा कोरोना संक्रमित घट्दै गएको पाइएको छ ।

अस्पतालसहित जिल्लाका २ वटै गाउँपालिका र विभिन्न स्वास्थ्य चौकीबाट कोरोनाको परीक्षण भइरहेकामा संक्रमित घट्दै गएकाले परीक्षणको दायरा पनि घटाइएको छ । अहिले अस्पतालमा मात्रै दैनिक परीक्षण भइरहेको स्रोतव्यक्ति गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण

५ भाद्र २०७८, शनिबार १४:३८
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आर्थिक वर्षका लागि लागु हुने गरी नयाँ दररेट सार्वजनिक गरेको छ । उसले मजदुरदेखि बिज्ञको दैनिक ज्याला र माटोदेखि सुनसम्मको दररेट सार्वजनिक गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकलले सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, ढुंगे डकर्मी, सोलार ग्रेडर अपरेटरलाई […]