बाँकेमा सशस्त्रद्वारा थप एक विओपीको स्थापना

२५ पुष २०७६, शुक्रबार १८:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप एउटा विओपी (वोर्डर आउट पोस्ट) स्थापना गरिएको छ । योसंगै जिल्लामा विओपीको संख्या ६ पुगेको छ । सरकारले देशभर १ सय १४ वटा विओपी थप गर्ने निर्णय गरेकोमा बाँकेमा पनि ५ वटा विओपी थपिन लागेका हुन् ।
यसै क्रममा शुक्रवार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा विओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर प्रदेश विन्देवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच जयसपुर विओपीको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक पौडेलले नयाँ थपिने विओपीहरुले सीमा सुरक्षा, अपराध तथा तस्करी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्ने बताए । उनले जनताबाट गुनासो नभई प्रशंसा आउने गरी काम गर्न मातहतका प्रहरी अधिकारी तथा जवानहरुलाई निर्देशन दिए । पौडेलले सीमा तस्करीका ‘लुप होल’ पत्ता लगाई अवैध निकासी रोक्न प्रभावकारी ढंगले लाग्न निर्देशन दिए ।
प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जयसपुर विओपी थपिएसंगै अवैध निकासी पैठारी नियन्त्रणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भन्सार कार्यालय नेपालगञ्जको जग्गामा विओपी स्थापना गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।
कार्यक्रममा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, रुपईडिहास्थित भारतीय सशस्त्र सीमा बल (एसएसबी)का अधिकारीलगायतको उपस्थिती थियो ।

Next Post

जनआस्था सहकारीमा बेल्वासे

२५ पुष २०७६, शुक्रबार १८:५०
सदरलाइनडटकम, कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर स्थित जनआस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णुप्रसाद बेल्वासे निवार्चित भएका छन । शुक्रबार कोहलपुरमा सम्पन्न भएको १२ औ वार्षिक साधारर्ण सभाबाट वेल्बासे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै सहकारीको उपाध्यक्षमा गीता थारु, सचिवमा तेजु भण्डारी, कोषाध्यक्षमा शिव डांगी, सदस्यहरुमा माया मल्ल, ताराप्रसाद […]