गैर पत्रकारको सदस्यता र स्थानान्तरण रोक्न प्रेस युनियनको दवाव

सदरलाइन संवाददाता ७ पुष २०७९, बिहीबार १३:३२
 

नेपालगञ्ज : गैर पत्रकारको सदस्यता र स्थानान्तरण रोक्न नेपाल प्रेस युनियन बाँकेले दवाव दिएको छ । नेपाल पत्रकार महासंघ बाँकेलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै युनियनले यस्तो दवाव दिएको हो ।

सदस्यता शुद्धिकरणका बारेमा गहन बहस चलिरहेका बेलामा महासंघ बाँकेमा अन्यत्रबाट सदस्यता स्थानान्तरण तथा प्रक्रिया नपु¥याइएर गरिएको सदस्यता सिफारिसलाई कायम भएको दावी गर्दै नवीकरण गर्नुपर्ने माग केही पक्षबाट उठाइएकोमा युनियनले आपत्ती प्रकट गरेको छ ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले महासंघका अध्यक्ष दामोदर भण्डारीलाई बुझाएको उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पत्रकारिता क्षेत्रमा क्रियाशील भएका प्रत्येकले विधिसम्मत तरिकाबाट महासंघको सदस्यता पाउनुपर्ने र महासंघले पनि यथार्थ पत्रकारलाई बिना पूर्वाग्रह सदस्यता प्रदान गर्नुपर्ने मान्यताको यस संगठन सदैव पक्षपाती छ । तर, ‘गैरपत्रकार’ लाई सदस्यता प्रदान गरेर महासंघको गरिमा माथि प्रश्न उठाउने र छताछुल्ल बनाउने मौका कसैलाई पनि दिने कुरा प्रति हाम्रो विमति नै रहन्छ ।’


महासंघमा सदस्यता विवादले केही वर्षदेखि निरन्तरता पाउँदै आएको परिप्रेक्ष्यमा ‘गैरपत्रकार’ लाई महासंघको सदस्य बनाउन विभिन्न उपाय अवलम्बन गरिनु नितान्त भोटको राजनीति गर्ने गणितीय खेलका अतिरिक्त केही नभएको भनेर विगतमा सुनिने गरिएका प्रतिक्रिया तर्फ पनि पुनर्विचार गरिनुपर्ने युनियन बाँकेको आग्रह छ ।

‘बाँकेमा सञ्चार क्षेत्रमा कतै नदेखिएका व्यक्तिको महासंघ सदस्यका लागि स्थानीय वा अन्य जिल्लाबाट आवेदन वा नाम सिफारिस हुनु, एउटै सञ्चार गृहबाट एकै जिल्लामा आधा दर्जन हाराहारीमा कार्यरत रहेको भनी सिफारिस गर्नु र एकमुष्ट स्थानान्तरणको प्रक्रिया अपनाउन खोजिनु, सदस्यता प्रदान गर्ने विधि प्रावधान मिचेर एकल व्यक्तिद्वारा आफुखुशी सदस्यता नाम सिफारिस गरिनु जस्ता जानकारीमा आएका क्रियाकलापले पत्रकार महासंघमा सदस्यता प्राप्ति गर्नलाई एकदमै हलुको रुपमा लिएको महसुस गराएको छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

युनियनले नयाँ सदस्यता, सदस्यता स्थानान्तरण र नवीकरण जस्ता विषयमा प्रक्रिया सम्मत तरिकाबाट मात्र निर्णय गरि पत्रकार महासंघलाई गरिमायुक्त बनाउन जोडदार माग गरेको छ । ध्यानाकर्षण पत्रमा पत्रकार महासंघ, केन्द्रीय समिति र लुम्बिनी प्रदेश समिति तथा प्रेस युनियन केन्द्रीय समिति तथा युनियन लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको ग्रामीण क्षेत्रमा अझै पनि गुइँठा र दाउरा प्रयोग

७ पुष २०७९, बिहीबार १३:३२
नेपालगञ्ज : बाँकेको ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा–कण्डा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी […]