शनिबार र आईतबार गरी दुईदिनमा जनप्रतिनिधिसहित पाँचसय बढी एमाले प्रवेश

सदरलाइन संवाददाता ३१ श्रावण २०७८, आईतवार १८:३२
 

नेपालगञ्ज :  बाँकेमा दुईदिन यता विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा भित्र्याउन भ्याई नभ्याई भएको छ । एमाले स्थायी कमिटी सदस्य, लुम्बिनी प्रदेश ईन्चार्ज तथा निबर्तमान मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्य सम्पन्न भएको हो ।

शनिबार डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र (गोबद्र्धन महाराज) लगायतका जनप्रतिनिधि सहित दुई सय ६० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । वडासदस्यहरु तिरथराम कुर्मी, महिला सदस्य अक्लीमुन निसा शेषलगायत विभिन्न पार्टीबाट दुई सय ६० जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । यी जनप्रतिनिधिहरु फोरम लोकतान्त्रिकबाट चुनाव जितेका थिए ।

पार्टीको डुडुवा गाउपालिकाको आयोजनामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका एमाले स्थायी समिति सदस्य पोखरेलले विकासको संवाहकाको रुपमा एमाले पार्टी रहेको र विकासको मुद्दालाई प्राथामिकतामा राखेर जनतासंगै रहने भएकोले विकासको लागि एमाले नै दरिलो पार्टी भएकोले एमालेमा सबैलाई स्वागत गरे ।


आईतबार माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मुस्लिम आयोग सदस्य अक्रम अन्सारीको नेतृत्वमा नेपालगञ्ज उपमहानगरका विभिन्न वडाबाट २ सय ६० जना विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका कार्यकर्तालाई पार्टीका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका इन्चार्ज पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।

उनले राष्ट्रबादी तथा विकास प्रेमी जनताहरुको अवको गन्तब्य एमाले बाहेक अरु दल हुन नसक्ने कुरामा ठोकुवा गर्दै जनताको समस्या समाधान र देशको विकासको लागि एमालेको विकल्प नरहेको स्पस्ट पारे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य मो. हारुन, संविधान सभासदस्य देवराज भार, जिल्ला अध्यक्ष सूर्य ढकाल, प्रदेशका नेता निरक गुरुङ, हलिम साह, शान्ति ढकाल, जमिल खाँलगायतले पार्टी प्रवेश सभालाई सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लमहीमा गौशालाको भान्सामा छिरेको चितुवा नियन्त्रणमा लिएर बाँके ल्याईयो

३१ श्रावण २०७८, आईतवार १८:३२
नेपालगञ्ज : दाङको लमही नजिकको गौशालाको भान्सा भित्र छिरेको चितुवालाई नियन्त्रणमा लिएर बाँके ल्याईएको छ । डार्ट गरि नियन्त्रणमा लिइएको सो चितुवाको खुट्टामा चोट पटक लागेको घाउहरु समेत देखिएको हुँदा बाँके राष्ट्रिय निकुञ्जमा केही दिन राखेर उपचार पछि जंगलमा छोडिने बताईएको छ । शनिबार बेलुकी लमही नगरपालिका वडानं. ८ उचानिम्बुस्थित […]