कोरोनाबाट बाँकेमा चारजनाको मृत्यु

सदरलाइन संवाददाता १६ जेष्ठ २०७८, आईतवार ११:०२
 

नेपालगञ्ज : बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चारजनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीनजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका–४ दाङका ४२ वर्षीया महिला, बासगढी नगरपालिका–३ बर्दियाका ४२ वर्षीय पुरुष, बागचौर नगरपालिका–८ सल्यानका ६१ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका–५ बर्दियाका ५८ वर्षीया महिला रहेका छन् ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका २७९ जना र जिल्लाकै २८८ जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

बाँकेमा केहिदिन यता निरन्तर कोभिड संक्रममण दर घटिरहेको छ । अहिले जिल्लामा मृत्यु दरमा समेत कमी आउन थालेको छ । शनिवार २४ घण्टामा ५ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीको घटनाबारे आज प्रतिवेदन पेश गरिने

१६ जेष्ठ २०७८, आईतवार ११:०२
नेपालगञ्ज : भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन गर्न गठित समितिले आईतबार आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ । बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत् डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए । घटना छानविन गर्न भन्दै […]