लमहीमा गौशालाको भान्सामा छिरेको चितुवा नियन्त्रणमा लिएर बाँके ल्याईयो

सदरलाइन संवाददाता ३१ श्रावण २०७८, आईतवार १९:२७
 


नेपालगञ्ज : दाङको लमही नजिकको गौशालाको भान्सा भित्र छिरेको चितुवालाई नियन्त्रणमा लिएर बाँके ल्याईएको छ । डार्ट गरि नियन्त्रणमा लिइएको सो चितुवाको खुट्टामा चोट पटक लागेको घाउहरु समेत देखिएको हुँदा बाँके राष्ट्रिय निकुञ्जमा केही दिन राखेर उपचार पछि जंगलमा छोडिने बताईएको छ ।

शनिबार बेलुकी लमही नगरपालिका वडानं. ८ उचानिम्बुस्थित गाउँमा गौशाला भित्र प्रवेश गरेपछि गाईको बाच्छामाथि आक्रमण गरि चितुवा निर्माणाधिन भान्सा घरमा छिरेको थियो ।

बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका स्थानीय चिरञ्जिवी खनालका अनुसार शनिबार मध्यरातमा जंगलबीचमा निर्माण गरिएको गौशालाका गाईमाथि आक्रमण गरेर पोथी चितुवा पूजारीको निर्माणाधिन भान्सा कोठामा छिरेको थियो ।


पूजारीले त्यो देखेर केही समय ढोका खुल्लै रहन दिए पनि चितुवा नगएपछि ढोका लगाएर थुनेका थिए । त्यसरी थुनेर राखेको चितुवालाई नियन्त्रणमा लिन तथा उद्धारको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोग मागिएको थियो ।

आइतबार दिउँसो डिभिजन वन कार्यालय देउखुरी र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोगमा डार्ट गरि चितुवा नियन्त्रणमा लिइएको खनालले जानकारी दिए ।

सो चितुवाले केही दिन पहिले मात्रै त्यहाँ एउटा बाख्राको खोरमा पसेर एकै रात नौं वटा बाख्राहरु मारेको थियो । त्यसपछि पनि उसले बीच÷बीचमा गाईमाथि आक्रमण गर्दै आएको थियो । चितुवाले निरन्तर रूपमा पशु चौपायामाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु भूमिहीन बिरोधी कार्य

३१ श्रावण २०७८, आईतवार १९:२७
नेपालगञ्ज : सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि जग्गा प्राप्तीको लागि विभिन्न चरणको प्रकृया पुरा गरेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या अन्यौल हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य तथा भूमी अधिकारकर्मी जसवीर वडले आयोगको खारेजीसंगै बर्तमान सरकार भूमीहीनको […]