बाँकेमा बिहीवार ९ संक्रमित थपिए, १५ जना डिस्चार्ज

सदरलाइन संवाददाता २८ श्रावण २०७८, बिहीबार १४:४५
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ४४ नमुना परीक्षण गर्दा ७ जना र बागेश्वरी प्रयोगशालामा २८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


संक्रमण पुष्टि भएका मध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ७ सय ५२ पुगेको छ । बिहीवार थप १५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३० पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या १३४ रहेको छ । ५९ महिला र ७५ पुरुषगरी जिल्लामा सक्रिय संक्रमितको संख्या १३४ रहेको वलीले बताउनुभयो । यस्तै सिकिस्त बिरामीको संख्या २० पुगेको छ । मध्यम बिरामी २३ हुँदा भेन्टिलेटरमा ५ जनाको उपचार चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ लागेर दुईको मृत्यु, ६ घाइते

२८ श्रावण २०७८, बिहीबार १४:४५
गुल्मी : गुल्मीमा चट्याङ लागेर दुई जनाको जनाको मृत्यु भएको छ । बिहीबार बिहान चट्याङ लागेर मालिका गाउँपालिका वडा नम्बर २ पाटाखर्ककी २८ बर्षीया कमला प्रतेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रतेलको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ । यस्तै बुधबार साँझ जिल्लाको इश्मा गाउँपालिका […]

सम्बन्धित