नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्त

सदरलाइन संवाददाता २७ श्रावण २०७८, बुधबार १५:४९
 

काठमाण्डौ : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले बुधवार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् ।


गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनमत पार्टीले कोरोनाबारे सचेत पार्ने

२७ श्रावण २०७८, बुधबार १५:४९
नेपालगञ्ज : जनमत पार्टी बाँकेले आफ्ना अगुवा कार्यकर्ताहरुलाई कोरोना बारे सचेत पार्ने भएको छ । एक दिने सचेतिकरण कार्यक्रमको आयोजनागरी उनीहरुलाई सचेत पार्ने भएको हो । सिके रावत नेतृत्वको उक्त पार्टीको बुधवार नेपालगञ्जमा बसेको बैठकले भाइरस संक्रमणको जोखिम बढेकोले आफ्नै अगुवा कार्यकर्ताहरुलाई कोरोना जनचेतना सम्वन्धि तालिम दिने भएको पार्टीका केन्द्रीय […]