अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड नाघ्यो

सदरलाइन संवाददाता १ चैत्र २०७७, आईतवार १२:५५
 

काठमाण्डौ : अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड नाघेको छ । वल्ड्रोमिटरका अनुसार अहिलेसम्म अमेरिकामा ३ करोड ४३ हजारभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विश्वमा कारोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण अहिलेसम्म ५ लाख ४६ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै, २ करोड २१ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

११ हजार ३ सयभन्दा धेरैको अवस्था गम्भीर छ । अमेरिकामा कोरोनाका कारण जनजीविकामा नै समस्या परेकाहरुका लागि बाइडेन प्रशासनले १९ खर्बको राहत प्याकेज ल्याएको छ । यस्तै अमेरिकापछि ब्राजिल सबैभन्दा धेरै प्रभावित छ ।


ब्राजिलमा एक करोड १४ लाखभन्दा धेरै मानिसलाई सङ्क्रमण भएको छ भने दुई लाख ७७ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै, सबैभन्दा धेरै प्रभावित भएका देशको तेस्रो स्थानमा रहेको भारतमा एक करोड १३ लाखभन्दा धेरै संक्रमित छन् ।

त्यहाँ अहिलेसम्म डेढ लाखभन्दा धेरैको कोरोनाका कारण ज्यान गएको छ ।

Next Post

सिरहा मालपोत कार्यालयमा बम विस्फोट, आठ घाइते

१ चैत्र २०७७, आईतवार १२:५५
सिरहा : सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा आइतवार बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा दिउँट्अठो एक बजेतिर बम विस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव […]