आइतवार बाँकेमा १० संक्रमित थपिए, ७ डिस्चार्ज

सदरलाइन संवाददाता २४ श्रावण २०७८, आईतवार १४:२७
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ८३ नमुना परीक्षण गर्दा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा २, मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरीमा ३ गरी १० जना संक्रमित थपिएका छन् । तीमध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ७ सय १९ पुगेको छ ।


यस्तै आइतवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ८६ पुगेको छ । अहिलेसम्म बाँकेमा कोरोना भाइरस संक्रमणबाट ३ सय २२ जनाको मृत्यु भएको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३१ पुगेको छ । जिल्लामा १२ जना सिकिस्त छन् । १८ जना मध्यम बिरामी हुँदा ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा तीन जना पक्राउ

२४ श्रावण २०७८, आईतवार १४:२७
बर्दिया : बर्दिया प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तीन जना मध्ये दुई जना लागुऔषधसहित पक्राउ परेका छन् भने एक जना कुटपीट मुद्दामा फरार रहेका अभियुक्त छन् । लागुऔषधसहित पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ बस्ने २५ वर्षीय अरिव खान पठान रहेका छन् । उनलाई शनिबार प्रहरीले […]