सदरलाइनडटकम,
डोल्पा : हिमाली जिल्ला डोल्पामा बुधवार राति आगलागी भएको छ । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं पाँच मा पर्ने सुर गाउँमा आगलागी भएको हो । आगलागीमा परेर स्थानीय मानबहादुर शाहीको घर जलेर नष्ट भएको छ ।
विद्युत् लाइन सर्ट हुँदा भएको आगलागीबाट घर, तत्ताकपडा, अन्नपात सबै सखाप भएकाले आफू घरवारविहीन भएको पीडित शाहीले गुनासो गरे । आगलागीबाट ३५ लाख बराबरको क्षति भएको उनले बताए।आगलागीप्रति कर्णाली प्रदेशसभा सांसद वीरबहादुर शाहीले दुख ब्यक्त गरे । उचित राहतका लागि प्रदेश सरकारसँग पहल गर्नेसमेत उनले बताए ।
