निर्वाचनमा गरिएको वाचा पुरा हुने : अध्यक्ष कक्षपति

१५ जेष्ठ २०७६, बुधबार १४:५५
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले निर्वाचनका समयमा गरिएका सबै प्रतिवद्धता पुरा गरिने बिश्वास दिलाएका छन् । गणतन्त्र दिवसका अवसरमा बुधवार गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा अध्यक्ष कक्षपतिले जनतासामु जनप्रतिनिधीले गरेका सबै बाचा पुरा गर्ने बिश्वास दिलाएका हुन् । अध्यक्ष कक्षपतिले गाउँपालिकाको विकास निर्माणमा सबै पक्षको साथ आवश्यक भएको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, नेकपाका राजकुमार विक, नेपाली काँग्रेसका शेरबहादुर गुरुङलगायतले गणतन्त्र दिवसको शुभकामना ब्यक्त गरेका थिए । यसैबीच दिवसका अवसरमा गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई मासिक पाँचसय रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । सो अवसरमा निर्मित तीनवटा नयाँ विद्यालय भवनको अध्यक्ष कक्षपति र वडा नं. ७ का अध्यक्ष अतिउल्ला खाँले संयुक्तरुपमा उद्घाटन गरे ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिन्दुरीका पूर्व प्रधानाध्यापक कपिलदेव अर्याललगायतका शिक्षकलाई सम्मानसमेत गरिएको थियो । उक्त अवसरमा विद्यालयका प्रअ श्रवणकुमार खड्काले ३ सय बढी विद्यार्थी रहेको नेरा निमाविलाई मावि बनाउने लक्ष्यका साथ अगाडि बढेको बताए । कार्यक्रममा खजुरा गाउँपालिका विद्यालय निरीक्षक टिकानाथ योगी, शिक्षक दानबहादुर बिसी, केशव लामिछानेलगायतले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी हुनु पर्नेमा जोड दिए ।

Next Post

आगो निभाउँदा डोटीमा एकको मृत्यु

१५ जेष्ठ २०७६, बुधबार १४:५५
सदरलाइनडटकम, डोटी : सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा डोटीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका ३ की ३६ वर्षीया दुर्गादेवी साहु रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । घर नजिकैको सामुदायिक वनमा आगलागी भएपछि आगो निभाउने क्रममा गम्भीर घाइते भएकी साहुको सेती अञ्चल अस्पतालमा […]