इस्टर्न रिजन क्रिकेटको उपाधिसँगै नेपाल एशिया कपमा छनोट

२४ असार २०७६, मंगलवार १४:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । नेपालले हङकङविरुद्ध ६ विकेटको जित दर्ता गराएको हो । उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने एसिसी यू–१९ एशिया कपम क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।
एशिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईको टुंगो लागिसकेको छ । सोमवार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै हङकङले दिएको ९६ रनको चुनौती नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा भेट्टाएको हो । नेपाललाई उपाधि दिलाउने क्रममा पवन सर्राफले ३६ बलमा ३९ रनको योगदान दिए ।
त्यस्तै रित गौतमले १४ बलमा १३ रनको योगदान दिए । खड्गबहादुर बोहराले २२ बलमा केबल ८ रन बनाउन सके । त्यसैगरी रोहितकुमार पौडेलले १० बलमा १२ रन र भीम सार्कीले ११ बलमा ८ रन बनाए । हङकङका लागि रौनक कपुरले २ विकेट लिए । मोहम्मद हसन खान र मोहम्मद हसन १र१ विकेट लिन सफल भए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको हङकङले ९५ रनको झिनो स्कोर बनाएको थियो । नेपाली बलरसामू व्याट्सम्यानहरु चल्न नसक्दा हङकङ दोहोरो स्कोरमै खुम्चिएको थियो । हङकङले ४३.१ ओभरमा सवै विकेट गुमाएर ९५ रन बनाएको थियो । हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपाली युवा लेगस्पिनर सागर ढकालले उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो ओभरमै मेडन विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १८ रन खर्चिएर ५ विकेट लिए । पहिलो र दोस्रो विकेटको साझेदारी सागरले रन बनाउनै नदिइ ब्रेक गरे । तेस्रो विकेटका लागि हङकङले २९ रनको साझेदारी गर्यो ।
अदित गोररा र कालन मार्क चालुले हङकङको स्कोर उकासे । तर चालु हङकङको २९ रन भएको अवस्थामा व्यक्तिगथत १९ रन बनाएर सागरबाटै आउट भए । त्यसपछि चौथो विकेटका रुपमा सागरले आरुस भागवतलाई खाता खोल्नै नदिइ आउट गरे । पाँचौं विकेटका लागि अदित गरोरा र मेहरनले १८ रनको साझेदारी गरे । उक्त साझेदारी सागरले नै भत्काए । उनले मेहरनलाई पेभेलियन फर्काए । शुरुवाती सबै पाँच विकेट सागरले नै झारे। छैटौं विकेट तिलकराज भण्डारीले लिए । हङकङका लागि सर्वाधिक २४ रन बनाएका अदित गरोरा भण्डारीको बलमा कप्तान रोहितबाट क्याच आउट भए । सातौं सफता कमलसिंह ऐरीले लिए ।
उनले मोहम्मद हसन खानलाई आउट गरे । आठौं पनि ऐरीले नै लिए । हङकङको स्कोर ७० रहेको अवस्थामा रौनक कपुरलाई ऐरीले आउट गरे । ३६ ओभर सकिँदा हङकङले ७० रन बनाउँदै ८ विकेट गुमाएको थियो । अन्तिमा मोहम्मद हसन र अब्बदुर उर्सलने २५ रनको साझेदारी गरेपछि हङकङ ९५ रनमा पुग्यो। नेपालका लागि सागर ढकालले ५ विकेट लिए । कमलसिंह ऐरीले ३, कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट लिए ।

Next Post

हिरासतबाटै तीन जना थुनुवा फरार

२४ असार २०७६, मंगलवार १४:३१
सदरलाइनडटकम, काठमाण्डौ : महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरको थुनामा रहेका तीनजना भागेका छन् । उनीहरु सोमवार राति शौचालयको ग्रील तोडेर भागेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । डकैती गरेको अभियोगमा पक्राउ परेका दुई जना र लागू औषध कारोबारमा पक्राउ परेका एकजना भागेका ललितपुरका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी […]

सम्बन्धित