मेलम्चीमा फेरि भीषण बाढी, दुईवटा पुल बगायो

सदरलाइन संवाददाता १७ श्रावण २०७८, आईतवार १३:३६
 
फाइल तस्बिर

काठमाण्डौ : सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो ।

शनिवार रातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

झोलुङ्गे पुलले हेलम्बुको तीन र चार नम्बर वडालाई जोड्दथ्यो । यसैगरी पक्की पुल (रातो पुल)ले हेलम्बु र मेलम्चीलाई जोड्दथ्यो । यो एकमात्र पक्की पुल (ट्रस्ट ब्रिज) पनि बगेपछि हेलम्बुसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । असार १ गतेको बाढीमा रेडियो मेलम्चीको भवन डुबानमा परेको थियो ।
मेलम्चीमा गएरातिदेखि नै फेरि लेदो माटोसहितको बाढी आएको छ । मानवीय क्षति भने भएको छैन ।


हेलम्बु गाउँपालिका–१ हेमाथांका चौरमा पहिरो गएर केहीबेर थुनिएपछि ठूलो बाढी आएको अनुमान गरिएको छ । चनौटे बजारको बीच भागबाटै बाढी बगेको छ । बाढी अहिले पनि नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

गएराति बाढी आउने सूचना प्रवाह गर्दै स्थानीयलाई सुरक्षित रहन भनिएको थियो । कतिपयलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानिस्तानमा घण्टा घण्टामा युद्ध

१७ श्रावण २०७८, आईतवार १३:३६
काठमाण्डौ : दक्षिणी र पश्चिमी अफगानिस्तानका तीन प्रमुख शहरहरूमा तालिबान लडाकु र अफगान सशस्त्र सेनाबीच केही दिनेदेखि युद्ध जारी छ । यी शहरहरू हाल अफगानिस्तान सरकारद्वारा शासित छन् । तालिबान ती शहरलाई आफ्नो नियन्त्रणमा लिन चाहन्छन् । तालिबान लडाकुहरू पहिले नै हेरात, लश्कर गाह र कान्दाहार को केही भागहरूमा प्रवेश […]

सम्बन्धित