रेञ्जरसहित ४ बनकर्मी अख्तियारको नियन्त्रणमा

२३ माघ २०७५, बुधबार २०:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले ईलाका बन कार्यालय राँझमा कार्यरत चार जना कर्मचारीलाई दशहजार घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार बुधबार साँझ साढे ६ बजे घुससहित नेपालगञ्जको स्नेह होटेल नजिकैबाट दश हजार रुपैयाँ घुस सहित अख्तियारले पक्राउ हो ।

पक्राउ पर्नेमा रेन्जर जगबिर खत्री, फोरेसस्टर बहादुर केसी र केशब बहादुर ओली र बन रक्षक हरीबहादुर चन्द रहेको अख्तियार कार्यालय नेपालगञ्जका प्रमुख गैरेले जानकारी दिएका छन ।


प्राप्त जानकारी अनुसार पक्राउ परेका चारैजनाको स्थलमै मुचुल्का पछि थप अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा राखिएको अख्तिायरले जनाएको छ ।

नियन्त्रणमा रहेका रेन्जरसहितका कर्मचारीले सोवग्राहीबाट नीजि जग्गामा रहेको रूख कटानका लागि टाँचा लगाउनेदेखि कागजपत्र मिलाई दिने भन्दै सो रकम लगेका थिए ।

Next Post

ग्रामिण क्षेत्रमा गुणस्तरिय इन्टरनेट सेवाका लागि अप्टिकल फाइबर बिच्छ्याईदै

२३ माघ २०७५, बुधबार २०:३५
सदरलाइनडटकम, नेपालगञ्ज   : नेपालगञ्ज–गुलरिया सडकखण्डमा ग्रामिण तहमा गुणस्तरिय ईन्टरनेट सेवा पुराउने उद्देश्यले अप्टिकल फाइबर बिच्छ्याउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोषको लगानीमा प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिकल फाइबर विच्छ्याउने कामको सुरुवात स्मार्ट टेलीकम र चाइना कम्युनिकेशन सर्भिस नेपालले कामको थालनी गरेका हुन् । […]