बाँकेमा २३ जना संक्रमितको अवस्था गम्भीर

सदरलाइन संवाददाता १३ कार्तिक २०७७, बिहीबार १५:०१
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाइरसको संक्रमण भई उपचाररत २३ जनाको अवस्था गम्भीर रहेको छ । दुई आइसोलेशन भेरी अस्पताल नेपालगञ्जमा १६ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ जनाको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनका अनुसार गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भईरहेको छ । अहिले भेरी अस्पतालको आइसोलेशनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेशनमा ३४ गरी ८६ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।


उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले जानकारी दिए । बाँकेमा १ सय ७७ जना संक्रमित होम आइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

Next Post

बाँकेमा थपिए २१ कोरोना संक्रमित

१३ कार्तिक २०७७, बिहीबार १५:०१
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बाँकेका २१ सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले बिहीवार दिउँसो जारी गरेको अद्यावधिकअनुसार बाँकेका २१ र बर्दियाका १४ जनामा कोरोना देखिएको छ । यस्तै सल्यान, रुकुम, डोल्पा, अछाम, कालिकोट, सुर्खेत, सप्तरी र दोलखामा एकएक जनामा कोराना पुष्टि […]