सोमवार बाँकेमा ३१ जनामा कोरोना संक्रमण पुष्टि

सदरलाइन संवाददाता ११ श्रावण २०७८, सोमबार १६:१६
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३६० नमुना परीक्षण गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा २५५ नमुना परीक्षण गर्दा २१, मेडिकल कलेज कोहलपुरमा ६७ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बागेश्वरी प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।


संक्रमण पुष्टि भएका ३१ मध्ये बाँकेका १५ जना छन् । साउन महिनामा एकैपटक १५ जना संक्रमित थपिएको यो पहिलो पटक हो । पछिल्लो २४ घण्टामा दुई जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिमान्तकृतका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड

११ श्रावण २०७८, सोमबार १६:१६
नेपालगञ्ज : स्थानीय सरकारले सिमान्तकृत समुदायका कुरालाई नीतिगत व्यवस्था गर्नका लागि कार्ययोजना निमार्ण गरिएको छ । बाँके र बर्दिया जिल्लाका स्थानीय तहहरुले अल्पसंख्यक तथा पछाडी पारिएका वर्गहरुको उत्थानका लागि स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने जोड दिइएको छ । पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले आज सोमबार बाँके र […]

सम्बन्धित