चन्द्रमाबाट ढुंगा–माटो ल्याउने अभियानमा चीन

सदरलाइन संवाददाता १७ मंसिर २०७७, बुधबार ०८:१८
 

काठमाण्डौ : चन्द्रमाको ढुंगा ल्याउने प्रयासमा रहेको चीनको अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफलरुपमा अवतरण गरेको छ । २३ नोभेम्बरमा पृथ्वीबाट गएको अन्तरिक्ष यान मंगलवार राति चन्द्रमाको सतहमा अवतरण गरेको हो । चीनको रोबोटिक च्याङ्ग’इ–५ अभियानअन्तर्गत चीनले यान पठाएको हो ।

चीन यो अभियानबाट चन्द्रमाको ढुंगा र माटो पृथ्वीमा ल्याउन चाहन्छ । चीनको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशाना बनाएको छ ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ केही दिन वरपर क्षेत्रको अवलोकन तथा त्यहाँका सामग्री सङ्कलन गरेर बिताउनेछ । चन्द्र सहतमा अवतरण भएको ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडारसहितका यन्त्र छन् ।

ल्याण्डरले झण्डै दुई किलो ढुंगा तथा माटो संकलन गरी त्यसलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ । असेन्डरले त्यसलाई पृथ्वीमा ल्याउने छ ।

यो अभियान सफल भएमा ४४ वर्षपछिको पहिलो सफल अभियान हुनेछ । त्यो बेला तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।


सबै तय गरेअनुसार भएमा चिनियाँ यान चन्द्रमाको ढुंगा तथा माटो लिएर डिसेम्बरको अन्त्यतिर मङ्गोलियाको घाँसे मैदानमा अवतरण हुनेछ ।

अहिलेसम्म अमेरिका र रुसले मात्रै चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएका छन् । हालको अभियानमा सफल भएमा चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल हुनेछ ।

अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफलरुपमा अवतरण भएपछि अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले चीनलाई बधाईसमेत दिएको छ । चीन चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएमा त्यसले अध्ययनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चीनले यसअघि दुई पटक यो प्रयास गरे पनि सफल हुन सकेको थिएन । यो पटक भने आशा र उत्साह रहेको चिनियाँ अधिकारीले बताएका छन् ।

Next Post

दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

१७ मंसिर २०७७, बुधबार ०८:१८
नेपालगञ्ज : दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ५६ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा बुधवार विहान मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ५२ जना कोरोना संक्रमितको मृत्यु […]

सम्बन्धित