बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २१ असार २०७८, सोमबार १३:१८
 

बर्दिया : बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जगंलमा झ्यांक्रा बटुल्न गएका मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सम्झना सामुदायिक वनमा भेटिएको हो ।

नेपाल–भारत सीमाको अन्तर्राष्ट्रिय जैविक मार्गको सीमा स्तम्भ नम्बर ८३–८४ को दसगजानजिक खत्रीलाई बाघले आक्रमण गरेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताए । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा खत्रीको शव सोमबार दिउँसो ११ बजे शव फेला परेको मगरले बताए ।


खत्रीको कम्मरदेखि माथिल्लो भागसम्मका शरीरको भाग बाघले खाएको खाता जैविक मार्ग अन्तर्गत रेन्जपोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए । गत साउनयता यस ठाउँमा बाघले ७ जनाको ज्यान लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हट्यो

२१ असार २०७८, सोमबार १३:१८
नेपालगञ्ज : बाँकेमा सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाईएको जोरबिजोर प्रणाली हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना जारी गर्दै गएको सातादेखि सार्वजनिक सवारीसाधनमा लगाइएको जोरविजोर प्रणाली भोलीदेखि हटाएको जनाएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणमा रहेकाले सम्पूर्ण सवारीसाधन नियमितरुपमा चल्न दिने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले […]