भारतमा अक्टोबरसम्म कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी

सदरलाइन संवाददाता ५ असार २०७८, शनिबार ११:०१
 

काठमाण्डौ : भारतमा आउँदो अक्टोबरसम्ममा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ ।

दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रणमा आएका बेला स्वास्थ्य विज्ञले फेरि तेस्रो लहरको जोखिम रहेको चेतावनी दिएका हुन् । तर, कोरोना विरुद्धको खोपका कारण तेस्रो लहरको असर केही कम पर्ने अनुमान गरिएको छ । तेस्रो लहरमा बालबालिका र १८ वर्षभन्दा कम उमेर समूहकालाई जोखिम धेरै हुने अनुसन्धानले देखाएको छ ।


बालबालिकालाई हुनसक्ने जोखिम रोक्ने तयारी भइरहेको भारत सरकारले जनाएको छ । भारतमा गएको २४ घण्टामा ६० हजार ८ सय नयाँ सङ्क्रमित भेटिएका छन् भने यही अवधिमा कोरोनाका कारण १२ सय ६९ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालयमा प्रविधि मैत्री कक्षा सञ्चालनमा प्लान नेपालको सहयोग

५ असार २०७८, शनिबार ११:०१
नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित आइसीटी ल्याब (लन परियोजना) अन्तरगत बाँके–बर्दियाका बिभिन्न स्थानीय तहमा परियोजना संचालन भएका ७ वटा विद्यालयमा प्रबिधि मैत्री कक्षा शिक्षण सिकाई कृयाकलाप संचालनका लागि सामाग्री हस्तान्त्रण गरिएको छ । गुणस्तिरिय शिक्षा प्रदानका लागि परियोजना विद्यालयमा आइसिटिका […]

सम्बन्धित

ताजा अपडेट