काठमाण्डौ : भारतको उत्तर प्रदेशमा एउटा स्तब्ध पार्ने घटना भएको छ । अमेठीका दलित प्रधानका पतिलाई बिहीवार राति अपहरण गरी जिउँदै जलाइएको छ ।
राति उनी आधा जलिएको अवस्थामा फेला परेका थिए । लखनऊको ट्रमा सेन्टर लैजाँदै गर्दा उनको मृत्यु भएको छ । हाल उक्त गाउँमा त्रास फैलिएको छ भने त्यहाँ प्रहरी तैनाथ गरिएको छ ।
अमेठीकी सांसद स्मृति इरानीले घटनाप्रति निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न आग्रह गरेकी छन् । यसपछि पुलिसले एक आरोपीलाई पक्राउ पनि गरेको छ ।