काठमाण्डौ : मनाङमा यार्सागुम्बा संकलनका लागि हिँडेका ८० जना सम्पर्कविहीन भएका छन् ।
फू गाउँबाट हिडेर दुई दिनमा पुगिने तिब्बतको सीमाना रहेको लेकमा यार्सागुम्बा टिप्न हिडेँका ८० जना सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
जेठ १५ गते उक्त लेकमा गएका उनीहरु पछिल्लो तिन चार दिन यता सम्पर्कविहीन भएका हुन् । उनीहरु सम्पर्कविहीन भएको खवर हिजो मात्रै प्राप्त भएको र आजदेखि खोजी कार्य सुरु गर्ने मनाङ प्रहरीले तयारी गरेको छ ।
केहि दिनदेखि निरन्तर भारी वर्षा पछि बाढी आएका कारण उनीहरु सुरक्षित स्थान तर्फ जाने क्रममा सम्पर्कविहीन भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरीका अनुसार फू गाउँको लेकमा हिमपात भएको र यार्चागुम्बा खोज्ने ठाउँमा पनि बाढी आएको छ ।