भेरी अस्पताल अध्ययन समितिको प्रतिबेदन ‘सुनियोजित नभई आवेगमा’ भएको निश्कर्ष

सदरलाइन संवाददाता १९ जेष्ठ २०७८, बुधबार १९:३१
 


नेपालगञ्ज  : गत जेठ १३ गते राती भेरी अस्पतालको कोभिड वार्डमा उपचारत संक्रमितको उपचारको क्रममा मृत्यु भएपछि आफन्तद्वारा उपचारमा संलग्न चिकीत्सक नर्सिङ्गस्टाफ माथिको हातपात तथा तोडफोडको विषयमा अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिबेदन सार्वजनिक गरेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शकरबहादुर बिष्टको संयोजकत्वमा भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन गर्न समिति गठन गरिएको थियो । सो समितिले बुझाएको प्रतिबेदनमा विभिन्न २० बुंदेकमी कमजोरी औल्याउदै २५ बुंदे सुझाव समेत दिएको छ ।

बुधबार सार्वजनिक गरिएको प्रतिबेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्यु पश्चात तत्कालै आएको आवेगेको कारण घट्न गएको निश्किर्ष निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जानकारी दिए ।

उनले अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विषेश ध्यान पुराउने लगायतका सुझाव आउनुको साथै अस्पतालको सेवालाई अझ गुणस्तरिय बनाउन समितिले दिएको सुझावलाई कार्यान्वयन गर्दै घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृयामा अघि बढाईएको बताए ।

गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए ।


घटनामा संलग्न रहेका मृतकका भाईहरु मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने तथा शरिरिक उपद्रव कसुरमा मुद्दा दर्ता भएको छ ।

अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएमा मृतकका आफन्तले उपचारमा लापरवाही भयो भन्दै जाईलाग्ने घटनाहरु बृद्धि भएको भन्दै भेरी अस्पतालका चिकित्सक, नर्सिङ्ग स्टाफ तथा स्वास्थ्यकर्मीहरु घटनामा संलग्नहरु माथि कडा कारवाहीको माग गर्दै आन्दोलन समेत गर्दै आएका थिए । प्रतिबेदन साथमै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कविराज निरिक्षक पौडेलको निधनमा कार्यलयमा शोकसभा

१९ जेष्ठ २०७८, बुधबार १९:३१
नेपालगञ्ज : बाँके आर्युवेद स्वास्थ केन्द्रका बरिष्ठ कविराज निरिक्षक वसन्त कुमार पौडेलको गत सोमबार उपचारको क्रममा निधन भएको छ । लामो समयदेखि बाँके आयुर्वेद स्वास्थ्य कार्यालय नेपालगञ्जमा बरिष्ठ कबिराज पदमा कार्यरत पौडेलको कलेजो सम्बन्धित रोगको उपचारको क्रममा चितवनमा मृत्यु भएको हो । उनको निधन प्रति बाँके आयुर्वेद स्वास्थ्य कार्यालय नेपालगञ्ज […]