उद्दघाटन खेलमा सनबिम मावि विजयी

२१ मंसिर २०७५, शुक्रबार १९:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जमा शुक्रबारदेखि सुरु भएको जेएमसी नेपाल टाइगर इन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिताको उद्दघाटन खेलमा खेलमा सनबिम मावि धम्बोझी बिजयी भएको छ ।
नेपाल टाईगर स्पोर्टस् क्लवको आयोजनामा शुरु भएको प्रतियोगितामा जिल्लाका १४ विद्यालयको सहभागिता रहेको सो प्रतियोगिताको नेपालगञ्ज उप–माहनगरपलिकाका उपमेयर उमा थापामगरले व्याटिङ्ग जेमसीका निर्देशक बिनय श्रेष्ठले बलिङ्ग र वडा सदस्य तरुन बज्राचार्यले किपिङ्ग गरेर उद्घाटन गरिएको थियो । सो खेलमा सनविम माविले प्रभात मेमोरियल माध्यमिक विद्यालय भृकुटीनगरलार्इ ३६ रन ले पराजित गरेको छ । खेलमा ट्स जितेर पहिला व्याटिङ्ग गरेको सनबिमले निरधारित १५ ओभरमा ८ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थिया ।
सो खेलमा अन्जन थापा ३२ अभिषेक कर्माचार्यले २१,र दिनेस आरसिले १२ रन बनाए । प्रभातका बलर आयुस श्रेष्ठले ३ ओभरमा २१ रन दिएर ४ विकेट, हरिस खड्काले ३ बिकेट लिए ।
जवाफी व्याटिङ्गमा आएको प्रभातले ११.४ ओभरमा सबै विकेट गुमाएर मात्र ९० रनमै सिमित रहे पछि खेल सनविमको पोल्टोमा परेको थियो । अबिन थापाले आक्रमक अर्धशतकिय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।
सनबिमका ३३ रन प्रहार गरेका थापाले ३ ओभरमा १ मेड्न राख्दै १२ रन दिएर ३ विकेट लिए भने दिनेस आरसी र अबिसेक कर्माचार्यले समान २/२ बिकेट लिए । खेलमा सनबिमका थापा म्यान अफ द म्याच घोषित भए । उनलाई नेपालगन्ज–८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताले पुरस्कार प्रदान गरे । शनिबारको पहिलो खेलमा गोर्खा युनाइटेड कोहलपुर र ब्राइट फ्यूचर नेपालगञ्ज तथा दोस्रो खेलमा आइडल पब्लिक र बाटरपार्क भिड्ने आयोजका सदस्य सिद्धान्तराज शाहीले जानकारी दिए ।
प्रतियोगिताको विजेता बिद्यालयले ३० र उपविजेता टिमले १५ हजार प्राप्त गर्ने प्रतियोगिताको संयोजक मो। अवरार शेषले जानकारी दिए । प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, वेष्ट बलर ,वेष्ट ब्याटस्म्यानले आकर्षक पुरष्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव तीन लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।


Next Post

बालमेलामा पौडीका दुई दर्जन खेलाडीलाई सम्मान

२१ मंसिर २०७५, शुक्रबार १९:३०
सदरलाइनडटकम, नेपालगञ्ज  : पौडीका  दुई दर्जन खेलाडीलाई नेपालगन्जमा सम्मान गरिएको छ । स्प्रिङडेल एकेडेमी बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको एसडीए बाल मेला–२०७५ को अवसरमा स्वर्ण पदक विजेता ८ वर्षीय अमित रावलसहित २४ जनालाई खेलाडीलाई सम्मान गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर र उपमहानगरका शिक्षा शाखा प्रमुख उप–सचिव […]