दोषीलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीद्धारा आन्दोलन

सदरलाइन संवाददाता १४ जेष्ठ २०७८, शुक्रबार १०:०४
 

नेपालगञ्ज : भेरी अस्पतालका चिकित्सक र नर्स आन्दोलनमा उत्रिएका छन् । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको विषयलाई लिएर विरामीका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको घटनाको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।

विरामीका आफन्तको आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हामफालेर ज्यान जोगाएका थिए ।


आफ्नो ज्यानको बाजी लगाएर कोभिड विरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै प्रदर्शन गरेको हो ।

दाङका डिल्ली रावतको उपचारका क्रममा बिहीवार राती ८ बजे अस्पतालमा मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यही आक्रोशमा उनीहरुले आइसीयुमा प्रेश गरी तोडफोड गर्नेदेखि स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा ६ जनाको मृत्यु

१४ जेष्ठ २०७८, शुक्रबार १०:०४
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया र दाङका २/२ जना तथा बाँके र जाजरकोटका १/१ जना छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल […]